नियम
उजुरी दर्ता गरी निस्सा दिनु पर्ने
(१) नियम ६ बमोजिम उजुरी पेश हुन आएपछि रीत वेरीत जाँची उसै दिन दर्ता गरी वादीलाई त्यसको निस्सा दिई तारिख दिनु पर्नेछ ।
(२) नियम ६ र उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै उजुरीमा नियम ६ बमोजिम खुलाउनु पर्ने कुराहरू नखुलाइएको भएमा आवश्यक भए अदालतद्वारा वादीबाट सो कुरा खुलाउन लगाई उजुरी दर्ता गर्न सकिनेछ ।
(३) श्रम कार्यालय मार्फत  प्राप्त हुन आएको उजुरी दर्ता गरेको निस्सा अदालतले सोही श्रम कार्यालय मार्फत नै वादीलाई पठाई दिने र त्यस्तो उजुरी वेरीतको देखिन आई दर्ता गर्न नसकिने भएमा सो कुराको सूचना समेत सोही श्रम कार्यालय मार्फत नै सम्बन्धित व्यक्तिलाई दिनु पर्नेछ ।
(४) श्रम कार्यालय मार्फत प्राप्त हुन आएको उजुरी दर्ता गरी वादीलाई तारिखमा राख्नको निमित्त अदालतले सो दर्ताको निस्सा उपनियम (३) बमोजिम उपस्थित हुन आउनु भन्ने व्यहोराको जानकारी पनि सोही श्रम कार्यालय मार्फत नै वादीलाई दिनु पर्नेछ ।